हकप्रद निष्कासनका लागि नेपाल फाइनान्सद्वारा बुक क्लोज मिति तय

2022-04-27
हकप्रद निष्कासनका लागि नेपाल फाइनान्सद्वारा बुक क्लोज मिति तय

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि आगामी वैशाख २१ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो । 

यसर्थ वैशाख २० गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुने कम्पनीले जनाएको छ । 

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ। 


Share this with your friends: