हाथवे इन्भेष्टमेन्ट नेपालद्वारा तीन कम्पनीको संस्थापक सेयर लिलामीमा

2021-09-05
 हाथवे इन्भेष्टमेन्ट नेपालद्वारा तीन कम्पनीको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक सेयर आज(भदौ २० गते)देखि लिलामीमा राखेको छ । कम्पनीले सेञ्चुरी कमर्सियल बैंक, मन्जुश्रि फाइनान्स लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडको ५ लाख कित्ता बढी सेयर लिलामीमा राखेको हो । 

कम्पनीले सेञ्चुरी कमसिर्यल बैंकको २ लाख ५ हजार ५१३ कित्ता, मन्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता र कामना सेवा विकास बैंकको २ लाख ५०  हजार ४६६ कित्ता गरी कुल ५ लाख ५१ हजार ९३४ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । 

सेञ्चुरी कमसिर्यल बैंकको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ, मञ्जुश्री फाइनान्सको ३५० र कामना सेवा विकास बैंकको २५० रुपैयाँ निर्धारण गरिएको छ । 

इच्छुक लगानीकर्ताहरुले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । 
सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक वा अन्य कुनै व्यक्ति कम्पनी तथा संघसंस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरुले भदौ २७ गतेसम्म ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा आईपुग्ने गरी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । 


Share this with your friends: