हिमालयन जनरल इन्स्योरेन्सले बीमा अभिकर्ता आधारभूत तालिम प्रदान गर्ने

2021-04-12
हिमालयन जनरल इन्स्योरेन्सले बीमा अभिकर्ता आधारभूत तालिम प्रदान गर्ने

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम प्रदान गर्ने भएको छ। कम्पनीले आगामी वैशाख २६ गतेदेखि ३० गतेसम्म तालिम दिने भएको हो। 

उक्त तालिम थापागाँउमा रहेको कम्पनीको केन्द्रिय कार्यालयबाट भर्चुअल माध्यमबाट प्रदान गरिनेछ। कम्पनीले ५० जनालाई तालिम दिइने र पहिले आवेदन दिनेलाई ग्राहयता प्रदान गरिने जनाएको छ। तालिम लिनका लागि एसएलसी उत्तिर्ण गरेको हुनुपर्नेछ र इच्छुक आवेदकले नागरिकताको फोटोकपी, शैक्षिक प्रमाणपत्रको फोटोकपी, चारित्रिक प्रमाणपत्रको फोटोकपी र पासपोर्ट साइजको ४ वटा फोटो सहित आवेदन पेश गर्नुपर्नेछ। 

बीमा व्यवसाय अभिवृद्धिका साथै स्वरोजगार सृजना गर्ने उदेश्यका साथ तालिकको आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ।   

 


Share this with your friends: