हिमालयन जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-05-02
हिमालयन जनरल इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले २७ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी जेठ २८ गते शुक्रबारका दिन थापागाँउमा रहेको केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ३ प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांस गरी कुल ६.७५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै कम्पनीले कुनै कम्पनीलाई प्राप्ति वा एक आपसमा गाभिने प्रक्रियाका लागि उपयुक्त कम्पनीको पहिचान र छनोट गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा आ.व २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७६/७७ को वित्तीय विवरण पारित गर्ने र चालु आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 
साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनले आगामी जेठ १३ गतेदेखि २८ गतेसम्म्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ जेठ १२ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा सभामा सहभागी हुन योग्य हुनेछन्।  


Share this with your friends: