हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-05-27
हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा प्रस्तावित ३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ७४४ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७६६ रुपैयाँ थियो । 
कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ का लागि ३ प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांस गरी कुल ६.७५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी जेठ २८ गते आयोजना हुने वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। 


Share this with your friends: