हिमालयन जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

2022-03-15
हिमालयन जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २८ औँ वार्षिक साधारण सभा ३० गते सोमबारका दिन थापागाँउ काठमाण्डौमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सम्पन्न भएको हो ।

उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी कुल ७ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ । यस्तै अन्य कुनै कम्पनीलाई प्राप्ति गर्ने तथा एक आपसमा गाभिने प्रयोजनका लागि सम्पूर्ण कार्य गर्न सञ्चाल समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिएको छ । 

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिएको छ । 


Share this with your friends: