‘कुमारी धनवृद्धि योजना’ को सार्वजनिक निष्कासन जेठ १२ देखि

2022-05-17
‘कुमारी धनवृद्धि योजना’ को सार्वजनिक निष्कासन जेठ १२ देखि

काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘कुमारी धनवृद्धि योजना’ को सार्वजनिक निष्कासन आगामी जेठ १२ देखि गरिने भएको छ । कुमारी बैंक कोष प्रवद्र्धक तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १२ करोड इकाइ निष्कासन गर्न लागिएको हो । 

प्रति इकाइ मुल्य रु.१० दरको १२ करोड इकाइमध्ये कुल बिक्री भएको इकाईको न्यूनतम १५ प्रतिशत अर्थात १ करोड ८० लाख इकालइले हुन आउने १८ करोड कोष प्रवद्र्धक कुमारी बैंकलाई सुरक्षित राखि बाँकी न्यूनतम १० करोड २० लाख इकाईले हुन आउने रु.१ अर्ब २ करोड  आम सर्वसाधारणका लागि बिक्रीका लागि खुला गर्न लागिएको हो । 

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट र मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। 

यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ १७ गते र ढिलोमा जेठ २६ गते बैंकिङ समयपछि हुनेछ ।


Share this with your friends: