स्ट्यान्डर्ड चार्टर्ड बैंक कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध

2021-05-24
स्ट्यान्डर्ड चार्टर्ड बैंक कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध

काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच कनेक्टर आईपीएस र नेसनल पेमेन्ट्स इन्टरफेस (एनआईपी) प्रणालीको प्रयोग गरी डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी साझेदारी सम्झौता भएको छ। 

योसँगै पहिलो चरणमा ग्राहकले कुनै पनि सदस्य बैंक वित्तीय संस्थामा रहेको खाताबाट कनेक्टर आईपीएसमार्फत एससीबीएनएलमा रहेको खातामा अनलाइन फन्ड ट्रान्सफर गर्न सकिनेछ। एससीबीएनएल र एनसीएचएलका वरिष्ठ प्रतिनिधिको उपस्थितिमा आयोजित भर्चुअल समारोहमा सो सम्बन्धमा सदस्यता सम्झौता कार्यान्वयन भएको छ। एससीबीएनएल र एनसीएचएलबीच यस सहकार्यले ग्राहकलाई अनलाइन भुक्तानीमा थप सहयोग पुर्याउने र नेपालको डिजिटल भुक्तानी इकोसिस्टम विस्तार गर्न सहयोग हुने विश्वास लिइएको छ।

प्रारम्भिक चरणको कार्यान्वयनमा कुनै पनि कनेक्ट आईपीएसको सदस्य बैंक र वित्तीय संस्थाका ग्राहकले (यसको वेब वा मोबाइल एप वा एनपीआई वा बैंक र वित्तीय संस्थाका मोबाइल एपरइन्टरनेट बैंकिङबाट) स्ट्यान्डर्ड चार्टर्डमा रहेको कुनै पनि खातामा सीधै रकमान्तरण गर्न सक्नेछन्। यसले एससीबीएनएलका ग्राहकलाई कनेक्टर आईपीएसमार्फत सोझै आफ्नो खातामा रकम प्राप्त गर्न सक्नेछन् र बैंकले व्यावसायिक ग्राहकलाई भुक्तानी संकलन गर्न यस प्रणालीमा आबद्घ गर्न सहज हुनेछ। 

दोस्रो चरणमा एनपीआईका सेवाहरूलाई एससीबीएनएलका एस टु बी र मोबाइल बैंकिङलगायतका च्यानलहरूमा विस्तार गरिनेछ। जसअन्तर्गत एससीबीएनएलका ग्राहकले अन्य बैंक र वित्तीय संस्थाहरूलाई पनि रकमान्तरण गर्न सक्नेछन्। 

त्यसैगरी अन्तिम चरणमा एससीबीएनएलले आफ्ना ग्राहकलाई कनेक्टर आईपीएसमा आफ्नो बैंक खाता लिंक गराई भुक्तानीहरू सीधै कनेक्ट आईपीएस प्ल्याटफर्मबाट गर्न सक्ने सेवा पनि उपलब्ध गराउनेछ। 

कनेक्टर आईपीएस र एनपीआइै एनसीएचएलले नेपालमा रियल टाइम भुक्तानी प्रणालीको एक प्ल्याटफर्मका रूपमा प्रदान गरेको छ। जुन हाल ५३ भन्दा बढी बैंक र वित्तीय संस्थाले कनेक्टर आईपीएसको आफ्नो च्यानल (मोबाइल एप, कनेक्टरआईपीएस डट कम र पेमेन्ट गेटव) र बैंकका आफ्ना च्यानलहरूमा (मोबाइलरइन्टरनेट बैंकिङ) फन्ड ट्रान्सफर र अन्य सेवा भुक्तानीको लागि प्रयोग गर्दै आएका छन्। 


Share this with your friends: