एचआईडीसीएलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-06-11
एचआईडीसीएलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनी लिमिटेड(एचआईडीसीएल)को सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीद्वारा प्रस्तावित १ः१(एक बराबर एक) हकप्रद सेयर लागि सेयरमूल्य समायोजन गरेको हो । 

सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ३४३ रुपैयाँ कायम गरेको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५८६ रुपैयाँ थियो ।
कम्पनीले हकप्रद निष्कासनका लागि आज जेठ २८ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेकाले हिजोसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद सेयरका लागि योग्य हुनेछन् ।


Share this with your friends: