माछापुच्छ्रे बैंकको नयाँ शाखा सञ्चालनमा

2021-07-01
माछापुच्छ्रे बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाण्डौ। माछापुच्छ्रे बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले प्रदेश नंं २ को सिरहा जिल्लामा सिरहा शाखा कार्यालयको उद्घाटन गरी असार १६गतेदेखि सञ्चालनमा ल्याएको हो। 

सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याइएको उक्त शाखा कार्यालयको बैंकका अध्यक्ष डा. बिरेन्दप्रसाद महतोे एंव  सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्त रुपमा  उद्घाटन गरेका छन्। सिरहा बजारमा खोलिएको नयाँ शाखासँगै सिरहा जिल्लामा मात्रै बैंकको ६ वटा शाखा सञ्चालनमा आएका छन्। 

बैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखा र १६५ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा ३२६ स्थानबाट ग्राहकमा सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ। यसका साथै बंैकको देशभर २०० वटा भन्दा बढी एटीएम तथा ५ वटा एक्टेन्सन काउन्टर सञ्चालनमा रहेका छन्।


Share this with your friends: