प्रुडेन्सियल इन्स्योरेन्सको १८ औँ वार्षिक साधारण सभा स्थल परिवर्तन

2020-09-09
प्रुडेन्सियल इन्स्योरेन्सको १८ औँ वार्षिक साधारण सभा स्थल परिवर्तन

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औँ वार्षिक साधारण सभा हुने भनिएको स्थान परिवर्तन भएको छ। 

कम्पनीले यसअघि यहि भदौ २६ गते कम्पनीको रजिष्टर्ड कार्यालय विरगन्जमा हुने भनिएको कम्पनीको १८ औँ वार्षिक साधारण सभा अन्त सारिएको जनाएको छ। कम्पनीले एक सूचना जारी गर्दे अब नयाँ परिवर्तित निर्णय अनुसार बारा जिल्लाको सिमरामा अवस्थीत होटल ईच्छा प्राइभेट लिमिटेडमा कम्पनीको वार्षिक साधारण सभा आयोजना गर्ने जनाएको छ। 

कम्पनीले विशेष प्रस्ताव मार्फत संस्थापक शेयरधनीहरुको समूहमा ८० प्रतिशतको सेयर स्वामित्व र सर्वसाधारण समूहमा २० प्रतिशतको सेयर स्वामित्व रहेकोमा संस्थापक समूह ८० प्रतिशतबाट घटाई ६० प्रतिशत र सर्वसाधारण समूहमा २० प्रतिशतबाट बढाई ४० प्रतिशतमा परिणत गर्ने जनाएको छ। यसका साथै विशेष प्रस्ताव अन्र्तगत कम्पनीले विशेष प्रस्ताव नम्बर १. अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने संचालक समितिको प्रस्ताव पारित गर्ने भएको छ। 

यसैगरी कम्पनीले साधारण सभाका लागि भदौ १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गरेको छ। कम्पनीले भदौ ११ गतेसम्म कायम इच्छुक सेयरधनीले परिचयपत्र वा आफ्नो परिचय खुल्ने प्रमाणपत्रका साथ सभामा भाग लिन सक्ने जनाएको छ।   

 


Share this with your friends: