नेप्सेद्वारा नेपाल ल्यूब आयलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-09-21
नेप्सेद्वारा नेपाल ल्यूब आयलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  नेपाल ल्यूब आयल लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज कम्पनीद्वारा प्रस्तावित ३० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २४३ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३१६ रुपैयाँ कायम थियो । 
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी ३५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 

यो लाभांस कम्पनीको आगामी असोज १८ गते आयोजना हुन गईरहेको कम्पनीको वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 


Share this with your friends: