नियामकहरुले लाभांस वितरण रोक्न सक्ने भन्दै युरोपेली बीमाकर्ताहरु चिन्तित

2020-09-10
नियामकहरुले लाभांस वितरण रोक्न सक्ने भन्दै युरोपेली बीमाकर्ताहरु चिन्तित

काठमाण्डौ । युरोपका बीमाकर्ताहरुले विश्वव्यापी नियाकमहरुले सम्बन्धित देशका बीमा कम्पनीहरुलाई कोरोना महामारीको परिणामस्वरुप लाभांस वितरण गर्न प्रतिबन्ध नलगाउनु पर्ने बताएका छन्। यसका साथै उनीहरुले कम्पनीहरुलाई उनीहरुको पूँजिको अवस्थाको रिपोर्ट बनाउनका लागि थप समय प्रदान गर्नुपर्ने बताएका छन्। 

कोरोना महामारीको प्रभावको बारेमा “इन्टरनेशनल एसोसिएसन अफ इन्स्योरेन्स सुपरभाइजर”(आईएआईएस) को परामर्शको जवाफ दिदै इन्स्योरेन्स युरोप ट्रेड बडिले यो महामारीले विश्वव्यापी बीमाकर्ताहरुलाई ५० देखि १०० बिलियन सम्म घाटा निम्त्याउन सक्ने बताएका छन्। 

“नयाँ बजारको वास्तवीकतासंग आफ्ना प्रडक्ट तथा सेवाहरुलाई अनुकुल बनाउनका लागि बीमाकर्ताहरु लाई एउटा निश्चीत स्तरको सुपरीवेक्षण लचकता महत्वपूर्ण हुनेछ।  बीमाकर्ताहरुको आफ्ना सेयरधनीहरुप्रति जिम्मेवारी रहेका हुन्छन्  र सुपरिवेक्षकहरुले देशव्यापी र क्षेत्रीयगत रुपमा बीमा कम्पनीहरुलाई लाभांस वितरणमा प्रतिबन्ध लगाउन बाट बच्नु पर्दछ।” इन्स्योरेन्स युरोपले उल्लेख गरेको छ। 

तर युरोपियन इन्स्योरेन्स एण्ड ओकोपेसनल पेन्सन्स् अथोरिटीले भने बीमाकर्ताहरुलाई महामारीको समयमा लाभांस वितरणमा प्रतिबन्ध लगाउने निर्णय विवेकपूर्ण भएको बताएको छ। 

बैंक अफ इंग्ल्याण्डले पनि बेलायतका बीमाकर्ताहरुलाई कोरोनाले निम्त्याएको अनिश्चीनताका बेला लाभांस वितरण गर्नुभन्दा पहिले पूर्नविचार गर्न भनेको छ। 

तर एलियान्ज जस्ता ठूला बीमाकर्ताले भने लभांस वितरणलाई निरन्तरता दिएका छन्। यस्तै जर्मनको बीमा नियामक बाफिनले पनि जनरल पे आउट प्रतिबन्ध आवश्यक नरहेको बताएको छ। 

दाबी भुक्तानी गर्नका लागि र नयाँ उत्पादन विकास गर्न समस्याको सामना गर्नुपरेकाले बीमा कम्पनीहरुलाई वित्तिय रिपोटिङ गर्नका लागि अधिक समय आवश्यकता पर्ने इन्स्योरेन्स युरोपले जनाएको छ। 

इन्स्योरेन्स युरोप भन्छ, “व्यवसाय अवरोध नितीले महामारीलाई कभर नगरेकाले विभिन्न देशहरुमा बीमाकर्ताहरुले कानुनी कानुनी कारबाहीको सामना गरिरहेका छन्। यसले कम्पनीहरुको प्रतिष्ठामा आचँ पुर्याइरहेको छ।”  

 


Share this with your friends: