प्रुडेन्सियल क्यापिटलद्वारा तीन कम्पनीको संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

2021-11-19
प्रुडेन्सियल क्यापिटलद्वारा तीन कम्पनीको संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लिले आफ्नो स्वामित्वमा रहेको तीनवटा कम्पनीको सेयर लिलामीमा राखेको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको प्रभु बैंक नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र प्राइम कमर्सियल बैंकको संस्थापक सेयर आज(मंसिर ३ गते)देखि लिलामीमा राखेको हो । 

प्रुभ बैंकको ५० हजार, नेपाल ग्रामिण विकास लघुवित्तको ३५००० र प्राइम कमर्सियल बैंकको ६६६७५ कित्ता गरी कुल १ लाख ५१ हजार ६७५ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको छ । लिलामी सेयरमा कम्पनीका विद्यमान संस्थापकहरु वा जो कोहि व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । 

प्रभु बैंकको न्यूनतम मूल्य प्रतिकित्ता २०५, नेपाल ग्रामिण विकास लघुवित्तको ३५० र प्राइम कमसिर्यल बैंकको २२५ रुपैयाँ निर्धारण गरिएको छ । 
लगानीकर्ताले तीनवटै कम्पनीको सेयर खरिदका लागि न्यूनतम २ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले एनआईसी एशिया क्यापिल लिमिटेडमा आईपुग्ने गरी बोलपत्र आवेदन दिन सक्नेछन् । बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति मंसिर १० गते तोकिएको छ ।  

 


Share this with your friends: