स्ट्याण्डर्ड चाटर्ड बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

2021-11-19
स्ट्याण्डर्ड चाटर्ड बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ३५ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी मंसिर २८ गते मंगलबारका दिन बिहान १० बजे नयाँ बानेश्वर काठमाण्डौमा रहेको बैंकको प्रधान कार्यालयमा भर्चुअल माध्यम जुम एपका माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा बैंकको सञ्चालक समितिको तर्फकाट प्रस्ताव गरिएको १० प्रतिशत बोनस सेयर र ३.०६ नगद लाभांस गरी कुल १३।०६ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । 

यस्तै बैंकको प्रबन्धपत्रको प्रस्तावित संशोधनमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै फेरबदल गर्न सुझाब भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समिति वा पदाधिकारीहरुलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्तिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

वार्षिेक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि बैंकले आगामी मंसिर १० गते एक दिनका लागि बुक क्लो्ज गनै निर्णय गरेको छ । यसर्थ मंसिर ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै बैंकद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा सभामा सहभागी हुने योग्य हुनेछन् ।

 


Share this with your friends: