अन्तराष्ट्रिय बजारमा उदाउँदै उज्वेकिस्तानको पुनर्बीमा कम्पनी, बजार हिस्सा ८ गुणाले वृद्धि

2020-09-16
अन्तराष्ट्रिय बजारमा उदाउँदै उज्वेकिस्तानको पुनर्बीमा कम्पनी, बजार हिस्सा ८ गुणाले वृद्धि

काठमाण्डौ । सन् २०२० को पहिलो ६ महिनामा उज्वेकिस्तानको बीमा कम्पनी “उज्वेवइन्भेष्ट”ले अन्तराष्ट्रिय पुनर्बीमा बजारमा आफ्नो उपस्थिती ८ गुणा बढाएको छ। “ट्रेण्ड”ले एउटा रिपोर्ट सार्वजनिक गर्दे यस्तो जनाएको हो। 

अन्तराष्ट्रिय एरिनामा उपस्थिती बढ्नुमा कम्पनीको लोयड(लण्डनमा रहेको बीमा कम्पनी) र अन्य अन्तराष्ट्रिय बजारहरुमा बढ्दो सहभागिता मुख्य कारण रहेको रिपोर्टमा उल्लेख गरिएको छ। जसले गर्दा कम्पनीले जनवरीदेखि जुन महिनासम्म ३४५ अमेरिकी डलर राशिको पुनर्बीमा प्रतिबद्धताहरु सुरक्षित गर्न सफल बन्यो। 

कम्पनीले यस अवधिमा आफ्नो पुनर्बीमा व्यवसायको भौगोलिक दायरा बढाउदै गयो र ३६ वटा देशबाट जोखिमहरु स्विकार गर्यो। 
उज्वेकइन्भेष्टले दिग्गज कम्पनीहरु जस्तै एलियान्ज(जर्मनी),ज्युरिक इन्स्योरेन्स गुप्र(स्विजरल्याण्ड), टोकियो म्यारिन एण्ड निचिडो फाएर इन्स्योरेन्स(जापान), एएक्सए(फ्रान्स), पीपुल इन्स्योरेन्स कम्पनी अफ चाइना(चीन), कोरियन रिइन्स्योरेन्स कम्पनी र अन्य कम्पनीहरुसंग सहकार्य गरिरहेको छ। 

यसबिचमा कम्पनीको लगानी पोर्टफोलियो २८.६ प्रतिशतले वृद्धि भएको छ भने कुल आम्दनी ५४ प्रतिशतले बढेको छ र इन्स्योरेन्स रिर्जभ २९.१ मिलियन डलर पुगेको छ। यस्तै खर्च घटेका कारण खुद नाफा दोब्बरले वृद्धि भएको छ।

उज्वेकइन्भेष्टको ग्राहक आधार ११६ प्रतिशतले वृद्धि भई ३ लाख २८ हजारभन्दा धेरै व्यक्ति र कानुनी निकायमा पुगेको छ। 

उज्वेकिस्तानको निर्जीवन बीमा बजारमा यो वर्षको पहिलो ६ महिनामा उज्वेकइन्भेष्ट शीर्ष कम्पनीको रुपमा उदाएको छ। २८ वटा कम्पनहरुीमध्य कम्पनीको बजार हिस्सा १४ प्रतिशत पुगेको छ।    

 


Share this with your friends: