प्रुडेन्सियल क्यापिटलद्वारा दुई बीमा सहित ७ कम्पनीको संस्थापक सेयर लिलामीमा

2022-01-19
प्रुडेन्सियल क्यापिटलद्वारा दुई बीमा सहित ७ कम्पनीको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीका लिमिटेडले दुईवटा बीमा कम्पनीसहित ७ वटा कम्पनीको संस्थापक सेयर लिलामीमा राखेको छ । कम्पनीले नेशनल लाइफ,नेपाल इन्स्योरेन्स,प्रभु बैंक,प्राइम कमर्सियल बैंक,कुमारी बैंक,आईसीइफसी फाइनान्स र ग्रामिण विकास लघुवित्तको ५ लाख कित्ता बढी सेयर लिलामीमा राखेको हो । 

कम्पनीले आज(माघ ५ गते)देखि प्रभु बैंकको ४६ हजार,प्राइम कमसिर्यल बैंकको ६० हजार ६७५,कुमारी बैंक २ लाख,आईसीइफसी फाइनान्स ५० हजार,नेपािल ग्रामिण विकास लघुवित्त २३ हजार,नृेशनल लाइफ १ लाख र नेपाल इन्स्योरेन्स कम्पनीको ५० हजार कित्ता गरी कुल ५ लाख २९ हजार ६७५ कित्ता संस्थापक सेयर लिलामीमा राखृको हो । 

प्रभु बैंकको न्यूनतम मूल्य प्रतिकित्ता १७५ रुपैयाँ,प्राइम कमसिर्यल बैंकको १९०,कुमारी बैंक १७५,आईसीएफसी फाइनान्स २५०,नेपाल ग्रामिण लघुवित्त ४००,नेशनल लाइफ ३९४ र नेपाल इन्स्योरेन्सको ून्यूनतम सेयरमूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ । 

इच्छुक आवेदकले न्यूनतम २ हजार कित्ताका लागि बोलपत्र आवेदन दिनुपर्नेछ भने अधिकममा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् । 
लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल बबरमहल काठमाण्डौमा आईपुग्ने गरी माघ ११ गतेभित्र बोलपत्र आवेदन दिईसक्नुपर्नेछ । 


Share this with your friends: