नेप्सेद्वारा एशियन लाइफको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

2022-01-26
नेप्सेद्वारा एशियन लाइफको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीद्वारा प्रस्तावित २५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १०५७.६० रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता १३२२ रुपैयाँ कायम थियो । 

 एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि २७ प्रतिशत बोनस सेयर र २ नगद लाभांस गरी कुल २९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ । 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी माघ २१ गते आयोजना हुने कम्पनीको १३ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।  


Share this with your friends: