मध्यभोटेकोशी जलविद्युत कम्पनीको सञ्चालकमा कर्माचार्य नियुक्त

2022-02-03
मध्यभोटेकोशी जलविद्युत कम्पनीको सञ्चालकमा कर्माचार्य नियुक्त

काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सञ्चालकमा सुभाष कमार्यचार्य नियुक्त भएका छन् । कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले कर्माचार्यलाई आगामी १ वर्षका लागि सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

कर्माचार्य नेपाल अरनिको हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । मध्यभोटेकोशीमा सिन्धुपाल्चोकका तीन स्थानिय कम्पनी नेपाल अरनिको हाइड्रोपावर,सिन्धु इन्भेष्मेन्ट र सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीका तर्फबाट आलोपालो प्रणालीमार्फत सञ्चालक हुने व्यवस्था रहेको छ ।  


Share this with your friends: