कजाकिस्तानको बीमा कोषले कोरोना विरुद्ध लड्न ३७३ मिलियन डलरभन्दा धेरै सहयोग प्रदान गर्दै

2020-09-27
कजाकिस्तानको बीमा कोषले कोरोना विरुद्ध लड्न ३७३ मिलियन डलरभन्दा धेरै सहयोग प्रदान गर्दै

काठमाण्डौ । देशको कोरोनाभाइरस विरुद्धको लडाईलाई सहयोग पुर्याउन कजाकिस्तानको सामाजिक स्वास्थ्य बीमा कोषले थप १५९ बिलियन कजाकिस्तानी टेंगे(३७३ मिलियन डलर) प्रदान गर्ने भएको छ। 

यस सम्बन्धि जानकारी कोषका अध्यक्ष बोलट टोकीझानोभले दिएका हुन्। उनले यो रकम मध्य ९१.९ बिलियन कजाकिस्तानी टेंगे कोरोनाको उपचारमा संलग्न स्वास्थय कामदारहरुलाई प्रदान गरिने र ५०.५ बिलियन टेंगे कोरोना संक्रमितको उपचारमा उपयोग गरिने बताए। 

त्यस्तै बाकि रहेको रकम अस्पतालहरुलाई पिसीआर परीक्षण गर्न र घर र घर बाहिरका मानिसहरुको पिसीआर परीक्षण गर्न खटिएका मोबाइल क्रुहरुको सहयोगका लागि प्रदान गरिनेछ। 

मार्च र जुलाई महिनाको बीचमा कजाकिस्तानमा कोरोना परीक्षण गर्न र मोबाइल क्रुहरुलाई सहयोग प्रदान गर्न ३७ बिलियन कजाकिस्तानी टेंगे खर्च गरिएको थियो। यो अवधिमा करीब ५ लाख कोरोना परीक्षण गरिएको थियो। 

 


Share this with your friends: