सेबोनद्वारा दुई कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

2022-04-11
सेबोनद्वारा दुई कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले दुई हाइड्रो कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । सेबोनले विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट र दोर्दी खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । 

सेबोनले विन्ध्यावासिनी हाइड्रोपावरलाई चैत २५ गते र दोर्दी खोला जलविद्युत कम्पनीलाई चैत २८ गते आईपीओ निष्कासनको अनुमति दिएको हो । विन्ध्यावासिनी हाइड्रोपावरले २५ लाख कित्ता र दोर्दी खोला जलविद्युत कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता आईपीओ निष्कासनको अनुमति पाएका हुन् । 
विन्ध्यावासिनी हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल र दोर्दी खोला जलविद्युत कम्पनीको सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 


Share this with your friends: