काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांस प्रस्ताव गरेको हो।
बैंकको सञ्चालक समितिको हिजो अर्थात कात्तिक १३ गते बसेको बैठकले कुल ११.८४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। बैठकले प्रस्तावित कुल लाभांसमध्ये ७ प्रतिशत बोनस सेयर र ४.८४ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्दै सेयरधनीहरुका लागि जारी गरिने बैंकले जनाएको छ।