काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकले गत आर्थिक वर्षको लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।
नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६१२ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ६५५ रुपैयाँ थियो।
बैंकको गत कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ का लागि कुल ११.८४ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो। बैंकद्वारा प्रस्तावित कुल ११.८४ प्रतिशत लाभांसमध्ये ७ प्रतिशत बोनस सेयर र ४.८४ प्रतिशत नगद लाभांस रहेका छन्।