नेप्सेद्वारा यी चार लघुवित्तको सेयरमूल्य समायोजन

2020-12-30
नेप्सेद्वारा यी चार लघुवित्तको सेयरमूल्य समायोजन

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले चार वटा लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

छिमेक लघुवित्तद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित २२ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले संस्थाको प्रतिकित्ता सेयरको मूल्य ११३५ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता १३८५ रुपैयाँ कायम थियो। संस्थाको सञ्चालक समितिको बैठकले गत आ.व का लागि २२ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांस९कर प्रयोजनका लागि० गरी कुल २९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको थियो। 

यस्तै ग्लोबल आइएमई लघुवित्तद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित २७.४७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले संस्थाको प्रतिकित्ता सेयरको मूल्य १३५९ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता १७३२ रुपैयाँ कायम थियो। संस्थाले गत आ.व का लागि २७.४७ प्रतिशत बोनस सेयर र १.४५ प्रतिशत नगद लाभांस गरी कुल २८.९२ लाभांस वितरणको प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि संस्थाको आगामी आठौँ वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने छ। 
 
वोमी लघुवित्त वित्तीय संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित ३० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले संस्थाको प्रतिकित्ता सेयरको मूल्य ७०३ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता ९१४ रुपैयाँ कायम थियो। संस्थाको गत मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आ.व का लागि ३० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने छ। 

यसैगरी स्पर्श लघुवित्तद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १९.५० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले संस्थाकोे प्रतिकित्ता सेयरको मूल्य ८१३ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता ९७२ रुपैयाँ कायम थियो। संस्थाले गत आ.व का लागि १९.५० प्रतिशत बोनस सेयर र १.०३ प्रतिशत नगद लाभांस गरी कुल २०.५३ लाभांस वितरणको प्रस्ताव गरेको थियो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने छ। 


Share this with your friends: