नेप्सेद्वारा दुई लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-02-26
नेप्सेद्वारा दुई लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुईवटा लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ। आज नेप्सेले नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्थाद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

नेप्सेले नेसनल माइक्रोफाइनान्सद्वारा प्रस्तावित २१ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २७४८ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता रु.३३२५ रुपैयाँ कायम थियो। 

यस्तै गणपति लघुवित्तद्वारा प्रस्तावित १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १५४२ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता १७७३ रुपैयाँ कायम थियो। 

 


Share this with your friends: