नेप्सेद्वारा दुई लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

2021-03-12
नेप्सेद्वारा दुई लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)दे दुईवटा लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ। नेप्सेले सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको हो। 

नेप्सेले सबैको लघुवित्तद्वार प्रस्तावित १०.४० र स्वावलम्बन लघुवित्तद्वारा प्रस्तावित १९.००५६४५२६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। 

सेयरमूल्य समायोजन गर्दै सबैको लघुवित्तको प्रति सेयरमूल्य १२२९ र स्वावलम्बन लघुवित्तको १६६५ रुपैयाँ तोकिएको छ। अघिल्लो कारोबार दिन सबैको लघुवित्तको प्रति सेयरमूल्य १३५८ रुपैयाँ र स्वावलम्बन लघुवित्तको १९८२ रुपैयाँ कायम थियो। 

 


Share this with your friends: