मर्जरपश्चात कायम भएको समता घरेलु लघुवित्तको एकीकृत कोरोबार वैशाख २ देखि

2021-04-07
मर्जरपश्चात कायम भएको समता घरेलु लघुवित्तको एकीकृत कोरोबार वैशाख २ देखि

काठमाण्डौ । मर्जरपश्चात कायम भएको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत वित्तीय कारोबार आगामी वैशाख २ गतदेखि सुरु हुने भएको छ। 

समता लघुवित्त र घरेलु लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने(मर्जर)सम्बन्धमा दुवै वित्तीय संस्थाको गत पुस १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट स्वीकृति भएको थियो। दुवै संस्था एक आपसमा गाभिने निर्णयलाई नेपाल राष्ट्र बैंकले गत चैत १० गते अन्तिम स्वीकृति प्रदान गरेको थियो। यसपश्चात कम्पनी रजिष्ट्रारको कार्यालयले गत चैत १९ गते दुई वित्तीय संस्थाबीच भएको आपसी सहमति बमोजिम गाभिने संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व मर्जरपश्चात समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यहोर्ने गरी स्वीकृति प्रदान गरेको थियो। 

आगामी वैशाख २ गतेदेखि दुवै वित्तीय संस्थाको एकीकृत कोरोबार सुरु गरिने हुदाँ डेटा माइग्रेसन प्रयोजनका लागि चैत ३१ गते दुवै वित्तीय संस्थाले आफ्ना सबै बैंकिङ कारोबार बन्द राख्ने जनाएका छन्।   

 


Share this with your friends: