मध्यभोटेकोशी जलविद्युत कम्पनीले पायो आईपीओ निष्कासनको अनुमति

2021-04-20
मध्यभोटेकोशी जलविद्युत कम्पनीले पायो आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बार्ड(सेबोन)बाट वैशाख ५ गते अनुमति प्राप्त गरेको हो। 

धितोपत्र बोर्डले कम्पनीलाई १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो। आईपीओ निष्कासनको अनुमति प्राप्त गरेसँगै अब कम्पनीले आयोजना प्रभावित र आम सर्वसाधारणका लागि गरी दुई चरणमा आईपीओ निष्कासन गर्नेछ। 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।  

 


Share this with your friends: