मध्यभोटेकोशी जलविद्युतको आईपीओ निष्कासन आजदेखि

2021-05-04
मध्यभोटेकोशी जलविद्युतको आईपीओ निष्कासन आजदेखि

काठमाण्डौ । मध्यभोटकोशी जलविद्युत कम्पनी लिमिटेडका आईपीओ निष्कासन आज(वैशाख २१ गते)बाट खुला गरिएको छ । आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि कम्पनीले आजदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा न.१ र ५(साविक लिस्ती गाविस र साविक मार्मिक गाविस),बाह्रबिसे नगरपालिका वडा न. ५ र ६(साविक गाति गाविस)तथा बाह्रबिसे नगरपालिका वडा न. ७ र ८(साविक घुम्पाङ गाविस र साविक मानेश्वरा गाविस)मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो। 

कम्पनीले कुल ६० करोड रुपैयाँ बराबरको प्रति सेयर रु. १०० अंकित दरका ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो। कुल निष्कासनमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि र बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता आयोजना प्रभावित क्षेत्र बाहेकका सिन्धुपालचोक जिल्लाका अन्य क्षेत्रमा स्थानिय बसोबास गर्ने बासिन्दाका लागि निष्कासन गरिएको छ। 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

आईपीओ निष्कासन छिटोमा जेठ २ गते र ढिलोमा जेठ २० गते बैंकिङ समयपश्चात बन्द हुनेछ।

आईपीओ निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत वैशाख ५ गते अनुमति पाएको थियो। बोर्डले कम्पनीलाई १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको थियो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।  पहिलो चरण अन्तर्गत आयोजना प्रभावित स्थानियका लागि निष्कासन गरेपछि कम्पनीले दोस्रो चरण अन्तर्गत सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।


Share this with your friends: