मध्यभोटेकोशीको आईपीओ आईएमई पेबाटै भर्न सकिने

2021-05-05
मध्यभोटेकोशीको आईपीओ आईएमई पेबाटै भर्न सकिने

काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावितका लागि जारी गरेको आईपीओमा अनलाइनबाटै आवेदन दिने व्यवस्था मिलाएको छ। कोरोनाको दोस्रो लहरका कारण उत्पन्न असहज परिस्थितिबीच मध्यभोटेकोशी जलविद्युत कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित र स्थानीयका लागि निष्कासन गरेको आईपीओमा तोकिएको संकलन केन्द्रहरुमा धाइरहनुपर्ने बाध्यता हटाइएको हो। 

विशेषगरी आयोजना प्रभावित र स्थानीयका निष्कासन हुने यस किसिमको आईपीओ भर्नका लागि निश्चित संकलन केन्द्रहरु तोकिएका हुन्छन्। जहाँ गएर उनीहरुले आवश्यक कागजपत्रसहित पुगेर आईपीओ भर्नुपर्ने हुन्छ। 

अहिले कोरोना नियन्त्रण तथा रोकथामका लागि काठमाण्डौ उपत्यकालगायत विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएका कारण संकलन केन्द्रहरुसम्म पुगेर आईपीओ भर्ने अवस्था छैन। सोही कारण धितोपत्र निष्कास तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले यो कम्पनीको आईपीओमा आजबाट अनलाइनबाटै आवेदन दिने व्यवस्था मिलाएको छ। यसका लागि आवेदकले आवश्यक कागजपत्र संलगन गरी आवेदन दिन सक्नेछन्। 

यसका साथै अब स्थानीय लगानीकर्ताले यो आईपीओ आईएमई पेबाट भर्न सक्ने व्यवस्था मिलाइएको  क्यापिटलले मिलाएको छ। अब लगानीकर्ताहरुले आईएमई पेसबाट सहजै यो कम्पनीको आईपीओ भर्न सक्ने भएका छन्। 

मध्यभोटेकोशीले हिजो मंगलबारदेखि सिन्धुपाल्चोकका आयोजना प्रभावित तथा स्थानीयका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको छ। 


Share this with your friends: