सेयर बजार


निरन्तर ओरालो लाग्दै बजार, बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक १४४.७७ अंकले घट्दै १३८९५.७९ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि ७५.०८ अंकले घट्दै १६६८३.८६ बिन्दुमा झर्यो ।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् ।  त्यस्तै...

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न

काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।  संस्थाको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आज बिहान फेसबुक लाइभ कार्यक्रममार्फत सम्पन्न भएको हो ।  संस्थाको आईपीओमा कुल २० लाख ८७ हजार ३ सय १७ खरिद आवेदन परेको थियो । कुल आवेदनमध्ये ६९ हजार ९...

सहारा विकास बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । सहारा विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असार २२ गते बसेको सञ्चालक समितिको १८२ औँ बैठकले आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी रु. २७ करोड २२ लाख ७० हजार ६०४ रुपैयाँको कुल ५.३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो।  कुल लाभांसमध्ये ५.०५ प्रतिशतले हुन आउने...

1663308665norvic-gif.gif

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको बोलकबोल सेयर बाँडफाँड

काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहतर्फको  सेयर बाँडफाँड गरिएको छ ।  उक्त बोलकबोल सेयर असार २२ गते बाँफाँड गरिएको हो । फरवार्ड लघुवित्तको ३ लाख ९४ हजार ६६४ कित्ता सेयर गत असार ३ गतेदेखि १७ गतेसम्म...

माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आगामी असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० वर्ष,८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ...

ज्योति विकास बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । गत असार २० गतेदेखि बैंकद्वारा जारी ऋणपत्रमा अब साउन ३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि माग भन्दा बढी आवेदन प्राप्त भएमा साउन ३ गतेभन्दा अघि नै ऋणपत्रको बिक्री बन्द गरिने बैंकले जनाएको छ ।  बैंकले गत असार २० गतेदेखि १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र...

16454172591200x120.gif

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड आज, १८ लाख बढीको हात खाली हुने

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आज हुने भएको छ ।  गत असार ११ गतेदेखि असार १५ गतेसम्म निष्कासन गरिएको संस्थाको आईपीओ बाँडफाँड आज हुन लागेको हो ।  उक्त बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बिहान ९ः३० बजे हुन लागेको हो ।  यो आईपीओमा २० लाख ४८ हजार ७  सय ६२  जना...

‘आरविवि म्युचुअल फन्ड १’ का इकाइहरु खरिदका लागि आजबाट आवेदन दिन सकिने

काठमाण्डौ । आरविवि म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘आरविवि म्युचुअल फन्ड १’ को सार्वजनिक निष्कासन आज(असार असार २३ गते)देखि गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन गरिएको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज...

समृद्धि फाइनान्सको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा राखेको संस्थागत समूहतर्फको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ ।  कम्पनीले गत असार ३ गतेदेखि १० गतेसम्म १३ लाख ८० हजार ७१८ कित्ता अवितरित हकप्रद सेयर बोलकबोलमार्फत बिक्री खुला गरेको थियो । उक्त लिलामी सेयर २ लाख ४५ हजार १६० कित्ताका लागि मात्रै आवेदन परेको धितोपत्र निष्कासन...

बोटलर्स नेपालद्वारा लाभांस भुक्तानी लिन आउन आग्रह

काठमाण्डौ । बोटलर्स नेपाल(तराई) लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांस भुक्तानी लिन आउन आग्रह गरेको छ ।  कम्पनीले वि.स २०७२ पुस २८ गते सम्पन्न २९ औँ वार्षिक साधारण सभाबाट पारित लाभांस लिन आउन आग्रह गरेको हो । उक्त लाभांस सम्बन्धित सेयरधनीहरुले वा सेयरधनीहरुको हकवालाहरुले पाचँ वर्ष पुगिसक्दा पनि हालसम्म लिन नआएकाले लिन आउन सूचना जारी...

समृद्धि फाइनान्सले ११ लाख कित्ता बढी सेयर लिलामीमा राख्ने

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थागत समूहतर्फको ११ लाख कित्ता बढी अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले गत असार ३ गतेदेखि १० गतेसम्म बोलपत्र आह्वान गरेर बिक्री नभएको ११ लाख ३५ हजार ५५८ कित्ता हकप्रद सेयर आगामी असार २९ गतेदेखि लिलामीमा राख्ने भएको हो ।  सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु वा...

दोहोरो अंकले घट्यो परिसूचक,बीमातर्फ नेपाल इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक १५६.६२ अंकले घट्दै १३८६०.०७ बिन्दुमा सीमित भयो । यो दिन जीवन बीमा उपसूचक पनि १३६.२२ अंकले ओरालो लाग्दै १६९५४.५४ बिन्दुमा झर्यो ।  आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्...

नेप्सेमा दुई लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।  आज नेप्सेमा निर्धन उत्थानको १३ प्रतिशत बोनस सेयर र स्वरोजगार लघुवित्तको १२.३९ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  निर्धन उत्थानकोको १९ लाख ५० हजार र स्वरोजगार लघुवित्तको ४ लाख ५३ हजार...

एनआईबिएल एस क्यापिटलले ल्यायो लगानी योजना, दुई गुणासम्म वृद्धि गराउन सकिने

काठमाण्डौ । एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्ना लगानीकर्ताका लागि लगानी गर्ने सुवर्ण अवसर ल्याएको छ। कम्पनीले एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) को सफलतापूर्वक सञ्चालनको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा लगानीको अवसर ल्याएको हो ।  यस योजनामा सहभागी भई लगानीकर्ताले आफ्नो लगानीलाई...

राष्ट्र उत्थान लघुवित्तको आईपीओको प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त

काठमाण्डौ । आईपीओ निष्कासनका लागि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओको प्रत्याभूतिकर्ताका रुपमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धमा राष्ट्र उत्थान र प्रभु क्यापिटलबीच आज एक सम्झौता भएको छ। सम्झौतापत्रमा राष्ट्र उत्थान लघुवित्तका तर्फबाट कार्यकारी निर्देशक...