kumari bank ltd

कुमारी बैंकको कामु सीईओमा खनाल नियुक्त

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।  बैंकको माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि खनाललाई कामु सीईओका रुपमा काम गर्नेगरी जिम्मेवारी दिएको हो । उनलाई माघ २५ गतेदेखि लागूहुने गरी बैंकको कामु सीईओको जिम्मेवारी दिइएको बैंकले जनाएको छ...

नेप्सेमा ८९.६७ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कुमारी बैंक र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो।  नेप्सेमा आज कुमारी बैंकको ८३ लाख २७ हजार ८४ दशमलव ९० कित्ता बोनस शेयर र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ६ लाख ४० हजार ९० कित्ता  गरी कुल ८९ लाख ६७ हजार १७४.९ कित्ता...

कुमारी बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असोज ६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो । बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि हालको चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांस गरी कुल ८.६७ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । हाल...

1663308665norvic-gif.gif

कुमारी बैंकद्वारा निःशुल्क एन्टिजेन टेस्ट क्याम्प आयोजना

काठमाण्डौ । कुमारी बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत लिमिटेडले निःशुल्क एन्टिजेन टेस्ट क्याम्प आयोजना गरेको छ।  उक्त क्याम्प काठमाण्डौको टंगालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा आज आयोजना गरिएको हो। क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई ऐन्टिजेन टेस्ट गराउने व्यक्तिको कोरोना संक्रमण भए नभएको रिपोर्ट १५ मिनेटमै...

कुमारी बैंकका ग्राहकले मेडी क्वेस्ट ल्याबरोटोरीमा आकर्षक छुट पाउने

काठमाण्डौ। कुमारी बैंकका ग्राहकले ललितपुरको जावलाखेलस्थित मेडी क्वेस्ट ल्याबरोटोरीमा सेवा लिदाँ २० प्रतिशतसम्म छुट पाउने भएका छन्। आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक र मेडी क्वेस्ट ल्याबरोटोरीसँग सम्झौता गरी आफ्ना सेवाग्राहीलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो।...

कुमारी बैंकद्वारा महामारी नियन्त्रण कोषलाई सहयोग प्रदान

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा रु. ५० हजार सहयोग गरेको छ।  बैंकले एक संक्षिप्त कार्यक्रममाझ बैंकका उर्लाबारी शाखाका प्रबन्धक युवराज दाहालले दमक वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, पूर्वअध्यक्ष तथा महामारी नियन्त्रण...

16454172591200x120.gif

कुमारी बैंकद्वारा बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई ३ लाख सहयोग

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई रु ३ लाख सहयोग गरेको छ । बैंकको बेलका शाखाले एक औपचारिक कार्यक्रमका बिच, बेलका नगर प्रमुख दुर्गा कुमार थापा र उपप्रमुख राज कुमारी चौधरिलाई चेक हस्तान्तरण गरेको हो । बिगत ३ बर्ष देखि सेवा सञ्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक...

कुमारी बैंकका ग्राहकले दृष्टि दि भिजन आई सेन्टरमा उपचार गर्दा विशेष सहुलियत पाउने

काठमाण्डौ। कुमारी बैंक लिमिटेडका ग्राहकहरुले दृष्टि दि भिजन आई सेन्टर प्रालिमा आँखा सम्बन्धित उपचार सेवामा सहुलियत पाउने भएका छन्।  बैंकको ग्राहकहरुलाई सहुलियत उपलब्ध गराउने विषयमा कुमारी बैंक र दृष्टि दि भिजनबीच सम्झौता भएको हो। सम्झौतापत्रअनुसार दृष्टि दि भिजनबाट प्रदान गरिने आँखा उपचारसम्बन्धी सेवाको सेवा शुल्क कुमारी...

कुमारी बैंकद्वारा सिन्धुपाल्चोकका बाढी पीडितलाई सहयोग

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका क्षेत्रमा बाढीपहिरोले प्रभावित स्थानीयलाई सहयोगस्वरुप दैनिक उपभोग्य खाद्यवस्तुलगायतका सामग्री उपलब्ध गराएको छ।  बैंकले ३०० थान दैनिक उपभोग्य खाद्य सामग्री, अस्थायी बसोबास गर्नका लागि टेन्ट, ५०० कम्बल, महिला तथा शिशुका लागि प्रयोग हुने अत्यावश्यक...

कुमारी बैंकको कम्पनी सचिवमा ढुंगाना नियुक्त

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको कम्पनी सचिवमा भोलानाथ ढुंगाना नियुक्त भएका छन्। बैंकको गत मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले ढुंगानालाई माघ १ गतेदेखि लागू हुने गरी सचिवमा नियुक्त गर्ने निर्णय बमोजिम कम्पनीको सचिवमा नियुक्त गरिएको हो।  अधिवक्ता समेत रहेको ढुंगानालाई कम्पनी सचिवको कार्य गर्ने गरी ४ वर्षे आशिंक करार सेवामा...

कुमारी बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा) सूचीकृत भएको छ। बैंकको १०.८५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।  बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि वितरणको गरेको १०.८५ प्रतिशत बोनस सेयर अर्थात १ करोड ३५ लाख ८४ हजार २५३.६७ कित्ता बोनस सेयर सूचीकृत भएको हो।   ...

कुमारी बैंकको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको वार्षिक साधारण सभा आज(मंसिर २९ गते) आयोजना हुदैँछ। बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आज बैंकको २० औँ साधारण सभा आयोजना हुन गईरहेको हो। उक्त साधारण सभा काठमाण्डौमा अवस्थित बैंकको रजिष्टर्ड कार्यालय टंगालमा बिहान ११.३० बजे आयोजना हुनेछ।  सभामा बैंकको सञ्चालक समितिले...

कुमारी बैंकको सेयरमूल्य समायोजन, प्रति कित्ता कति ?

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। बैंकले आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्ताव गरेको १०.८५ प्रतिशत बोनस सेयरका लागि बैंकको सेयरमूल्य समायोजन गरिएको हो।  नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रति कित्ता २७३ रुपैयाँ कायम गरेको छ। बैंकको अन्तिम...

कुमारी बैंकले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेण्डा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २९ गते का लागि आफनो २० औँ साधारण सभा डाकेको हो। उक्त साधारण सभा काठमाण्डौमा अवस्थित बैंकको रजिष्टर्ड कार्यालय टंगालमा बिहान ११.३० बजे आयोजना हुनेछ।  सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको आ.व २०७६/७७ को वितरण योग्य...

कुमारी बैंकद्वारा प्रस्तावित लाभांस संसोधन

काठमाण्डौ । कुमारी बैंकले लाभांस अनुपात संसोधन गरेको छ। बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांस संसोधन गरेको हो।  बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यस अघि प्रस्ताव गरिएको नगद र बोनस लाभांस दर संसोधन गरेको छ। सञ्चालक समितिले हाल कायम चुक्तापुँजीको १०.८५ प्रतिशतले हुन आउने बोनस सेयर र ३.१५ प्रतिशतले हुन...