कुमारी बैंकले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेण्डा

2020-11-22
कुमारी बैंकले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेण्डा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २९ गते का लागि आफनो २० औँ साधारण सभा डाकेको हो। उक्त साधारण सभा काठमाण्डौमा अवस्थित बैंकको रजिष्टर्ड कार्यालय टंगालमा बिहान ११.३० बजे आयोजना हुनेछ। 

सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको आ.व २०७६/७७ को वितरण योग्य मुनाफा र पूँजिगत जगेडा कोष समेतबाट बैंकका सेयरधनीहरुलाई चुक्तापूँजिको १०.८५ प्रतिशत रकम बराबरको बोनस सेयर प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

यस्तै बैंकको आ.व २०७६÷७७ को मुनाफाबाट बोनस सेयर प्रदान गर्ने प्रस्ताव अनुसार बैंकको जारी पूँजि तथा चुक्ता पूँजि वृद्धि हुने भएकाले सो हदसम्म बैंकको जारी तथा चुक्ता पूँजि कायम हुने गरी प्रबन्धपत्रको दफा ५(ख)र ५(ग) संसोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

उक्ता सभामा बैंकले आ.व २०७६÷७७ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनको दफा १०५(१)ग ले निर्धारण गरेको सीमाभन्दा बढी भएको खर्चलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

यसैगरी मर्जर तथा प्राप्ति गर्न संचालन समितिबाट गठित मर्जर समिति तथा सो ले गरेको कार्य अनुमोदन हुन, नयाँ मर्जर समिति गठन गर्न, मर्जर तथा प्राप्तिका लागि डिडिए नियुक्ति गर्न, निजलाई भुक्तानी गर्न पारिश्रमिक तोक्ने लगायतका प्रक्रिया अबलम्बन गरी अन्य बैंक तथा वित्तीय संस्था लाई एक आपसमा गाभ्ने÷मर्जर तथा प्राप्ति गर्नका लागि सञ्चालक समितलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

सभामा २० औँ वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ। 

यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७६/७७ को वार्षिक आर्थिक विवरण, २०७७ को वासलात, आ.व २०७६/७७ को नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब ईक्विटीमा भएको परिवर्तन लगायतका विवरणरु उपर छलफल गरी पारित गरिनेछ। 

बैंकले कोरोना महामारीलाई मध्यनजर गर्दै सभामा अनलाइन(भर्चुअल) जुम मार्फत सहभागि हुन सक्ने गरी सेयरधनीहरुलाई मिटिङ आईडी÷पासवर्ड उपलब्ध गराउने व्यवस्था गरेको छ।  

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले यही मंसिर १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। 

 


Share this with your friends: