कुमारी बैंकको सेयरमूल्य समायोजन, प्रति कित्ता कति ?

2020-11-30
कुमारी बैंकको सेयरमूल्य समायोजन, प्रति कित्ता कति ?

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। बैंकले आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्ताव गरेको १०.८५ प्रतिशत बोनस सेयरका लागि बैंकको सेयरमूल्य समायोजन गरिएको हो। 

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै प्रति कित्ता २७३ रुपैयाँ कायम गरेको छ। बैंकको अन्तिम कारोबार मूल्य ३०३ रुपैयाँ थियो। 

बैंकले यसअघि आर्थिक वर्ष २०७६/७७ का लागि १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद लाभांस गरी कुल १४ प्रतिशत लाभांसको प्रस्ताव गरेको छ। 
बैंकले लाभांस तथा साधारण सभा प्रयोजनका लागि आज(मंसिर १५ गते) एक दिनका लागि बुक क्लोज मिति तय गरेको छ। 

बैंकद्वारा प्रस्तावित लाभांस यही मंसिर २९ गते आयोजना हुने २० औँ वार्षिक साधारणसभाबाट पारित हुनेछ। उक्त साधारण सभा काठमाण्डौमा अवस्थित बैंकको रजिष्टर्ड कार्यालय टंगालमा बिहान ११.३० बजे आयोजना हुनेछ। 


Share this with your friends: