mahalaxmi bikas bank ltd

महालक्ष्मी विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २५ गते आइतबारका दिन काठमाण्डौ भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बैंकको सञ्चालक समितिको तर्फबाट प्रस्तावित २०...

महालक्ष्मी विकास बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ का लागि बैंकका सेयरधनीलाई लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर १.०५२६ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि)...

महालक्ष्मी विकास बैंकबाट विद्युत महसुल भुक्तानी गर्न सकिने

काठमाण्डौ । अब महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत वा वा बैंकको काउन्टरमा गएर ग्राहकहरुले विद्युत महशुल भुक्तानी गर्न सक्ने भएका छन्।  महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनतालाई विद्युत महसुल बुझाउन सहजीकरण गर्ने उद्देश्यले आइतबार नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलनसम्बन्धी सम्झौता गरेको हो।...

1663308665norvic-gif.gif

महालक्ष्मी विकास बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा विशेष छुट

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा विशेष छुट पाउने भएका छन्। बैंकको बानेश्वर शाखाको अगुवाइमा कान्ति अस्पताल प्रालिसँग हिजो आइतबार बैंकका ग्राहकलाई छुट दिने विषयमा सम्झौता भएको हो। सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय विक्रम मल्ल ठकुरी...

महालक्ष्मी विकास बैंकको ४ लाख कित्ता बढी संस्थापक सेयर साधारण सेयरमा परिणत

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको सेयर संरचना परिवर्तन गरिएको छ । बैंकको ४ लाख ९८ हजार ०१९.०६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको छ ।  सेयर संरचना परिवर्तन गरिएसँगै बैंकमा संस्थापक सेयरधनीको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको स्वामित्व ४९ प्रतिशत कायम भएको छ ।  ...

महालक्ष्मी विकास बैंकद्वारा पुरानो लाभांश बुझिलिन आग्रह

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले पुरानो लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।  बैंकले साविक मालिका विकास बैंक,महालक्ष्मी फाइनान्स,यती फाइनान्स, सिद्धार्थ फाइनान्स र भ्याली फाइनान्सको विभिन्न साधारण सभाबाट पारित भएको लाभांशहरु केहि सेयरधनीले हालसम्म नलिएको र उक्त लाभांस बुझिलिन आउन आग्रह गरेको हो ।   कम्पनीले...

16454172591200x120.gif

महालक्ष्मी विकास बैंकका ग्राहकलाई सिद्धार्थनगर सिटी हस्पिटलमा छुट

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले भैरहवा शाखाको अगुवाइमा सिद्धार्थनगर सिटी हस्पिटल प्रालिसँग आज सम्झौता गरेको छ।  बैंकले मोफसलमा रहेका आफ्ना ग्राहकलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले उक्त सम्झौता गरेको हो ।   उक्त सम्झौताअनुसार बैंकका ग्राहकले सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार गराउँदा...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा महिलामैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा नं. १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि १ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।  बैंकको भैरहवा शाखाले...

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त

काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त भएकी छन्। बैंकको सञ्चालक समितिको गत असार १८ गते शुक्रबारका दिन बसेको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंक तथा वित्तीय संस्थामा २५ वर्षभन्दा बढीको बैंकिङ अनुभव सँगालेकी श्रेष्ठ स्ट्यान्डर्ड चाटर्ड बैंक...

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी मिस्ड कल’ सेवा सञ्चालन

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘महालक्ष्मी मिस्ड कल’ सेवा सञ्चालनमा ल्याएको छ। कोभिड–१९ महामारीको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आफ्ना ग्राहकलाई घरमै बसी आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंकबीचको सम्बन्धलाई सहज बनाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।  बैंकले सञ्चालनमा...

महालक्ष्मी विकास बैंकद्वारा आकर्षक ब्याजदरको वैभव बचत खाता सञ्चालन

काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडले आकर्षक ब्याजदरको वैभव बचत खाता सञ्चालनमा ल्याएको छ। बैंकले आफ्नो २७ औँ वार्षिक उत्सवको सप्ताहव्यापी कार्यक्रमका अवसरमा आकर्षक वार्षिक ५.५% प्रतिशत ब्याजदरको वैभव बचत खाता सञ्चालनमा ल्याएको हो।  यो खाता ग्राहकले कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको...

महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ आफ्नै हातमा’ योजना सञ्चालन

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले  ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ आफ्नै हातमा’ योजना सञ्चालनमा ल्याएको छ। बैंकले आफ्नो २७ औँ वार्षिकोत्सवका अवसरमा कोभिड १९ को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याएको हो ।   यस योजनाअन्तर्गत हालसम्म महालक्ष्मी मोबाइल एप...

महालक्ष्मी विकास बैंकद्वारा भीम अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले भिम अस्पताल र सिद्घार्थनगर नगरपालिकाको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत सोमबार स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।  उक्त कार्यक्रममा बैंकको भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ताले भीम...

महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एशियन लाइफको सेयर लिलामीमा

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर आज(वैशाख २६गते)देखि लिलामीमा राखिएको छ । बैंकको स्वामित्वमा रहेको कम्पनीको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखिएको हो।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,...

महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एशियन लाइफको सेयर लिलामीमा राखिने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर लिलामीमा राखिने भएको छ। बैंकको स्वामित्वमा रहेको कम्पनीको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर आगामी वैशाख २६ गतेदेखि लिलामीमा राखिन लागिएको हो।  यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि...