आइएमई जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

2022-03-31
आइएमई जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत १६ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी वैशाख ९ गते शुक्रबारका दिन काठमाण्डौ लैनचौरमा रहेको लैनचौर ब्यांक्वेटस्मा बिहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको सञ्चालक समितिद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांस गरी कुल ७.३७ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । 

यस्तै म्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न नियमनकारी नियायबाट कुनै फेरबदल गर्न सुझाव प्राप्त भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ ।  

यसैगरी आ.व २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ। सभामा आ।व २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 

साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।  


Share this with your friends: