आइएमई जनरल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2022-04-07
आइएमई जनरल इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(चैत २४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्। 

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ का लागि ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांस गरी कुल ७.३७ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस कम्पनीको आगामी वैशाख ९ गते आयोजना हुने २४ औँ वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। 


Share this with your friends: