काठमाण्डा । धितोपत्र दोस्रो बजारमा सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको नियमित सेयर कारोबार आजबाट खुलेको छ।
आज स्पेसल प्रिओपन सेसनमा ९बिहान १०ः३० देखि १०ः४५० सानिमा जनरलको ३११ रुपैयाँमा २० कित्ता सेयर कारोबार भएसँगै नियमित समय ९बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म० कारोबार खुलेको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सानिमा जनरललाई ‘एसजीआई’ कोड र पहिलो कारोबारका निम्ति रु। १०३.७३ देखि रु. ३११.१९ सम्म मूल्य रेन्ज प्रदान गरेको थियो। नेप्सेले तोकेकै रेन्जभित्र कारोबार भएपछि यो कम्पनीको नियमित कारोबार खुलेको हो।
नेप्सेमा हिजो मंगलबार सानिमा जनरल इन्स्योरेन्सको प्रतिसेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ कायम भएको १ करोड कित्ता साधारणस सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकरण भएको थियो।