आदर्श लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासन प्रमुख अजेन्डा

2021-06-23
आदर्श लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, आईपीओ निष्कासन प्रमुख अजेन्डा

काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको गत असार ८ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो । 

बैठकले आगामी असार ३१ गते बिहिबारका दिन बनेपामा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाको जारी पूँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै संस्था र खअन्य कुनै संस्था एक आपसम गाभ्ने÷गाभिने  वा प्राप्ति गर्ने सम्बन्धमा र संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा नियामक निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएम सोहि बमोजिम कार्य गर्न सञ्चालक समितिलाई प्र्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरीने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अुनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।   


Share this with your friends: