ऋणपत्र निष्कासनको माग गर्दै बोर्ड पुग्यो ज्योति विकास बैंक

2021-03-11
ऋणपत्र निष्कासनको माग गर्दै बोर्ड पुग्यो ज्योति विकास बैंक

तकाठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ऋणपत्र निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ। ऋणपत्र निष्कासनको अनुमति माग गर्र्दै बैंकले फागुन ११ गते बोर्डमा आवेदन दिएको हो।

बैंकले ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हो। धितोपत्र बोर्डबाट अनुमति पाएपछि बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका १५ लाख कित्ताले हुन आउने १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेछ। कुल निष्कासनमध्ये ९ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ६ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा एनआईबीइल एस क्यापिटल लिमिटेड रहेको छ। 

१० वर्षे अवधिको यो ऋणपत्रको वार्षिक ब्याजदर ९ प्रतिशत हुनेछ। 

 

 


Share this with your friends: