ऋणपत्र निष्कासनको अनुमति माग गर्दै गरिमा विकास बैंकद्वारा बोर्डमा आवेदन

2021-06-27
ऋणपत्र निष्कासनको अनुमति माग गर्दै गरिमा विकास बैंकद्वारा बोर्डमा आवेदन

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ऋणपत्र निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ। ऋणपत्र निष्कासनको अनुमति माग गर्दै बैंकले असार ११ गते बोर्डमा आवेदन दिएको हो।

बैंकले  रु. १००० अंकित दरको रु. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनको माग गरेको हो ।  कुल निष्कासनमध्ये ६ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ४ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

यो ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकको रुपमा एनआईबीइल एस क्यापिटल लिमिटेड रहेको छ। 


Share this with your friends: