ऋणिहरुलाई छुट प्रदान गर्न राष्ट्र बैंकको लघुवित्तहरुलाई निर्देशन

2020-10-04
ऋणिहरुलाई छुट प्रदान गर्न राष्ट्र बैंकको लघुवित्तहरुलाई निर्देशन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई उनीहरुले ऋण प्रवाह गरेका ऋणिहरुलाई छुट प्रदान गर्न निर्देशन जारी गरेको छ। 
लघुवित्त संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले ऋणिहरुलाई छुट प्रदान गर्न निर्देशन दिएको हो। 

कोभिड–१९ को प्रभावको कारणले २०७७ असार मसान्तसम्म असुल हुन नसकेको किस्ताको साँवा र ब्याज रकमलाई ऋणीले सञ्चालन गरेको लघुउद्यम, पेशा, व्यवसायमा परेको प्रभाव, सुचारु हुन लाग्ने समय, ऋणीको आवश्यकता आदिको मूल्याङ्कन गरी २०७७ असोज मसान्तभित्र एकपटकको लागि बढीमा ६ महिनासम्म भुक्तानी अवधि थप गर्न सकिने छुट दिइएको छ । 

यसरी भुक्तानी अवधि थप गरिएको किस्ताको साँवा र ब्याज रकम २०७७ चैत्र मसान्तभित्र समान किस्तामा असुल उपर गर्ने व्यवस्था गर्नुपर्ने व्यवस्था गरिएको छ। 

यस्तो किस्ता रकम नियमितरुपमा भुक्तानी गर्ने ऋणीबाट कुनै प्रकारको पेनाल्टी ब्याज, शुल्क, हर्जाना, ब्याजको ब्याज लिन पाइने छैन।


Share this with your friends: