एनआईसी एशिया बैंकमा अनलाइनबाटै कर्जा आवेदन दिन सकिने, भौतिक फारम भर्नुपर्ने झन्झटबाट उन्मुक्ति

2020-10-02
एनआईसी एशिया बैंकमा अनलाइनबाटै कर्जा आवेदन दिन सकिने, भौतिक फारम भर्नुपर्ने झन्झटबाट उन्मुक्ति

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना सेवा तथा सुविधाहरू समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको छ। 

कोभिड–१९ महामारीबीच सामाजिक दूरी कायम राख्नुपर्ने अहिलेको आवश्यकतालाई महसुस गर्दै बैंकले ग्राहकमैत्री एवं सुरक्षित रुपले https://loanapplication.nicasiabank.com  मार्फत अनलाइन कर्जा आवेदन प्रणालीको सुरुआत गरेको हो। आफ्नो ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप आफ्नो सम्पूर्ण व्यावसायिक प्रक्रिया तथा क्रियाकलापलाई डिजिटलतर्फ परिमार्जन गर्न लागिपरेको अवस्थामा विद्यमान कर्जा आवेदन प्रक्रियालाई समेत अनलाइन माध्यमबाट सहजपूर्ण तरिकाले अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको बैंकले जनाएको छ।

कर्जाको आवेदन अनलाइन दिन सकिने उक्त नवीनतम सुरुआतले बैंकको कर्जा आवेदन लिने र प्रक्रियामा लैजाने विद्यमान व्यवस्थालाई विस्थापित गर्नुका साथै बैंकसम्म पुगेर कर्जा आवेदनका निमित्त भौतिक फारम भर्नुपर्ने झन्झटबाट समेत ग्राहकले मुक्ति पाउने बैंकले विश्वास लिएको छ।
यसमार्फत ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा आफुले इच्छाएको कर्जाको आवेदन दिन सक्ने बैंकले जनाएको छ। ग्राहकले लिन सक्ने कर्जाको सीमा तथा आयस्रोत अनुसार कर्जा लिन सक्ने क्षमता निक्र्यौल गर्न सकिने व्यवस्था गरिएको, कर्जा लिनका लागि योग्य भए नभएको देखाउने र योग्य भएपश्चात् सम्पूर्ण विवरण अनलाइनमार्फत भरेर ग्राहकले सम्पूर्ण कागजात सोहीमार्फत अपलोड गर्न सक्ने व्यवस्था गरिएको बैंकको भनाइ छ। 
त्यसपछि ग्राहकलाई कर्जा लिनका लागि छनोट गरेका बैंकको शाखा कार्यालयका कर्जा प्रतिनिधिले सम्पर्क गर्नेछन् र सम्पूर्ण आवश्यक कागजात बुझाएको ४८ घण्टाभित्र आवेदकलाई बैंकले कर्जाको निर्णय दिने व्यवस्था गरेको छ।  साथै आवेदकको कर्जा स्वीकृतिको विभिन्न अवस्थाबारेमा समेत यस बैंकले एसएमएसमार्फत जानकारी गराउँदै आएको छ। ग्राहकले बैंकको वेबसाइटमा गई लोन स्टाटससमेत आफैँ ट्रयाक गर्न सक्ने बैंकले प्रस्ट पारेको छ। 

बैंकको कुनै पनि कर्जासम्बन्धी जानकारी लिनका लागि लोन टाइप गरी ३४४८८ मा एसएमएस बैंकको ९८०१२२७७५५ नम्बरमा मिस्ड कल गरी वा बैंकको वेबसाइटwww.nicasiabank.com मा राखिएको फिडब्याक फर्ममा आफ्नो कर्जासम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सीधा कुरा गर्न सकिने व्यवस्था बैंकले गरेको छ। साथै बैंकले स्थापना गरेको ‘कर्जा सहायता केन्द्र’ मा ग्राहकले पहिलो पटक सम्पर्क गरेपछि बैंकको प्रतिनिधिले तीन घण्टाभित्र सम्पर्क गरी विस्तृत जानकारी लिई सम्बन्धित जिज्ञासा तथा गुनासोको प्रकृति हेरी दुई कार्य दिनभित्र समाधान गर्ने बैंकले व्यवस्था मिलाएको छ।

बैंकले सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्कमा सुपर चमत्कारिक कर्जा योजना ९सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा० हरू ग्राहकमाझ ल्याएको छ। वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण रहेका उक्त कर्जाहरूमा ग्राहक उत्साहपूर्ण सहभागिता भईरहेको बैंकले जनाएको छ।

बैंकले समयअनुरुप परिस्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको Loan Benefit Calculator ’ बाट हेर्न सकिने व्यवस्था गरेको छ। सो मार्फत वर्तमान अवस्थामा उपभोग गरिरहेको कर्जाको तुलना बैंकले ल्याएको सुपर चमत्कारिक कर्जाहरूसँग सजिलै गर्न सकिनेछ। ग्राहकहरुले अहिले उपभोग गरिरहेको कर्जाको रकम, ब्याजदर, अवधि आदि भरेपश्चात् सेवाग्राहीहरूले आफ्नो मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमको विवरणका साथै त्यसको वार्षिक हिसाब समेत सरल तरिकाले थाहा पाउन सक्नेछन् र आफ्नो वित्तीय भार कम गर्नका लागि यस बैंकको सुपर चमत्कारिक कर्जा सम्बन्धी उचित निर्णय लिन सक्नेछन्। साथै वेबसाइटमा रहेको Loan Tracker  बाट आफ्नो कर्जा लिने योग्यता जाँच्न समेत सकिने सुविधा रहेको छ।


Share this with your friends: