एनआईसी एशिया बैंकको मुनाफामा २०.०७ प्रतिशतको वृद्धि, प्रति सेयर आम्दानी रु.३४.८७

2021-04-28
एनआईसी एशिया बैंकको मुनाफामा २०.०७ प्रतिशतको वृद्धि, प्रति सेयर आम्दानी रु.३४.८७

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।

कोरोना महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद पनि यस बैंकले तेस्रो त्रैमाससम्ममा व्यवसार्यतर्फको कर्जामा वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत तथा स्वदेशी मुद्राको निक्षेपतर्फ वार्षिक विन्दुगत आधारमा ५० प्रतिशतको उत्साहजनक बृद्धि गरी वार्षिक प्रति शेयर आम्दानी रू. ३४.८७ आर्जन गर्न सफल भएको छ । बैंकले गत वर्षको सोही अवधीको तुलनामा २०.०७ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भई रू. ३ अर्ब खुद मुनाफा आर्जन गरेको छ । बैंकको स्व–पुँजीमा प्रतिफल (आरओई) २१.५२ प्रतिशत रहेको छ । 

बैंकले तेस्रो त्रैमाससम्ममा कर्जातर्फ रू. ८६ अर्बले वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत (रू. ८५ अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम रू. २६० अर्ब पु¥याउन सफल भएको छ । 

साथै, बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ रू. ७८ अर्बले वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ५० प्रतिशत (रू.९५ अर्व) ले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन रू. २८६ अर्ब पु¥याउन बैंक सफल भएको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई गत वर्षको अन्त्यमा ०ं.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई यस तेस्रो त्रयमाससम्ममा ०.४७ प्रतिशतमा घटाउन बैंक सफल भएको छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अवलम्बन गर्दै आएको छ । सोही अनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ९२ प्रतिशत कर्जा यस प्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ । बैंकले अवलम्बन गरेको सो रणनीतिको परिणाम स्वरूप बैंकका प्रमुख १० ग्राहकहरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको ३.१५ प्रतिशत मात्रै रहेको छ । साथै बैंकको कुल कर्जामा रू. ५ करोड भन्दा कम सीमा भएका कर्जाहरूको अंश ९२.७१ प्रतिशत रहेको छ । 


Share this with your friends: