एभरेष्ट इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

2021-03-05
एभरेष्ट इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव, बोनस कति ?

काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। कम्पनीद्वारा प्रस्तावित लाभांसमा हाल कायम चुक्तापूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँको ८ प्रतिशतले हुन आउने ८ करोड ७६ लाख ७४ हजार ४ सय रुपैयाँ बराबरको बोनस सेयर र ०.४२ प्रतिशतको ४६ लाख १४ हजार ४४२ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि) रहेका छन्। 

यो लाभांस बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ। 

 


Share this with your friends: