एभरेष्ट बैंक र बेलायतको श्पुन रेमिटबीच रेमिट्यान्स सम्झौता

2021-06-03
एभरेष्ट बैंक र  बेलायतको श्पुन रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले बेलायतबाट नेपाल भित्र रेमिट्यान्स सेवाका लागि युके बेस्ड अनलाईन मनी ट्रान्सफर अपरेटर श्पुनसँग सम्झौता गरेको छ। यो सम्झौता बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र कम्पनीका एमडी वाहिदल्लाह सफीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । 

श्पुन रेमिट, अनलाइन प्रोडक्ट र ट्रेडिङको लागि दर्ता गरिएको एमए फास्टमोव लि अन्तर्गतको  कम्पनी हो । जुन वेबका साथ साथै  एन्ड्रोइड र आईओएस दुबैमा उपलब्ध छ । अब बेलायतमा रहेकाहरुले   श्पुन रेमिटमा दर्ता भई एभरेष्ट रेमिट मार्फत नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन्।

यो साझेदारीले बैंकको सेवा बेलायतमा विस्तार हुनुका सार्थै रेमिट्यान्सका ग्राहकरुलाई सेवा विस्तार गर्नेछ । यसरी श्पुन रेमिटबाट प्राप्त भएको रकम नेपालका जुनसुकै बैंकमा पनि रियल टाइमा २४/७ नै जम्मा गर्न सकिनेछ । यसका साथै नेपालभर रहेका ९००० पेआउट एजेन्टका साथ–साथै  एभरेष्ट बैंकको १०३ वटा शाखा कार्यालयहरुबाट पैसा झिक्न सकिनेछ ।  


Share this with your friends: