एभरेष्ट बैंकद्वारा भैंसेपाटीमा १०४औं शाखा उद्घाटन

2021-08-11
एभरेष्ट बैंकद्वारा भैंसेपाटीमा १०४औं शाखा उद्घाटन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भैंसेपाटीमा शाखा विस्तार गरेको छ । बैंकले ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराउनका लागि १०४ औं शाखा विस्तार गरेको हो । 

शाखाको उद्घाटन बैंकका सहायक महाप्रबन्धक केशवराज पौडेल र ललितपुर महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष पुरुषोत्तम खड्काले गरेका हुन् ।
उक्त कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निरुजङ थापा, नेपाल प्रहरीका भैंसेपाटी क्षेत्र इन्चार्ज लोकबहादुर गुरुङ, बैंक बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायतको उपस्थिति रहेको थियो । 

उद्घाटन कार्यक्रममा बैंकले आफ्ना ग्राहकलाई अत्याधुनिक तथा गुणस्तरिय बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ । बैंकले १०४ शाखा सञ्जाल, १३६ एटीएमसहित विश्वव्यापि नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट तथा एसएमएस बैंकिङमार्फत सेवा प्रवाह गर्दै आएको छ । 


Share this with your friends: