एभरेष्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

2021-11-25
एभरेष्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले २७ औँ साधारण सभा डाकेको हो। बैठकले आगामी पुस १ गते काठमाण्डौ लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशत नगद लाभांस गरी कुल १०.३२ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। प्रस्तावित लाभांसमा चुक्तापुँजीको ६ प्रतिशत हुन आउने ५३ करोड ३६ लाख २३ हजार ०३१ रुपैयाँबराबरको बोनस सेयर र ४.३२ प्रतिशतले हुन आउने ३८ करोड ४२ लाख ८ हजार ५८३ रुपैयाँबराबरको नगद लाभांस रहेका छन्। 

यस्तै बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र यसमा कुनै फेरबदल गर्न नियमनकारीबाट कुनै निर्देशन प्राप्त भएमा सोहि बमोजिम फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ। 

सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले आगामी मंसिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।


Share this with your friends: