एभरेष्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस पारित मुख्य अजेन्डा

2020-12-16
एभरेष्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ३० गते बसेको सञ्चालक समितिको बैठकले २६ औँ साधारण सभा डाकेको हो। बैठकले पुस २७ गते काठमाण्डौ लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। 

उक्त सभामा गत आर्थिक वर्ष २०७६/७७ का लागि ५.५३ प्रतिशत नगद लाभांस र ५ प्रतिशत बोनस सेयर गरी कुल १०.५३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। प्रस्तावित लाभांसमा चुक्तापुँजीको ५.५३ प्रतिशतले हुन आउने ४६ करोड ८० लाख ९० हजार ३७८ रुपैयाँ नगद लाभांस र ५ प्रतिशतले हुन आउने ४२ करोड ३५ लाख १० हजार ३४२ रुपैयाँ बराबरको बोनस सेयर रहेका छन्। 

बैंकद्वारा प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको पुस २७ गते आयोजना हुने २६ औँ साधारण सभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिेनछ। 

बैंकले साधारण सभा र लाभांस वितरण प्रयोजनार्थ पुस १० गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।   

 


Share this with your friends: