एशियन लाइफ १५ औँ वर्षमा प्रवेश

2022-04-05
एशियन लाइफ १५ औँ वर्षमा प्रवेश

काठमाण्डौ । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको  एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालका चौधौंं वर्ष पुरा गरी पन्ध्रौं वर्षमा प्रवेश गरेको छ । पन्ध्रौंं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले २०७८ चैत्र २१ गतेदेखि वार्षिकोत्सव साप्ताहिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायीत्वसँग सम्बन्धि विविध कार्यक्रमहरु आयोजना गरिएको छ । 

 वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायीत्वलाई विशेष प्राथमिकता दिई मिति २०७८।१२।२१ गते मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । वार्षिकोत्सवको अवसरमा बालकोट,भक्तपुरस्थित मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

 साथै ४७ वटा शाखा कार्यालयहरुमार्फत् स्थानीय आश्रम, विद्यालय तथा अनाथालयहरुमा रु.४,७०,००० मूल्य बराबरको शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचर सामाग्री वितरण गरिएको छ ।

 वार्षिकोत्सवको अवसरमा प्रधान कार्यालयमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा कम्पनीको संचालक समिति अध्यक्ष श्री दिपक कुमार श्रेष्ठले एशियन लाईफ इन्स्योरेन्सको व्यवसायीक यात्रामा निरन्तर चौध वर्षदेखि सहयोग पु¥याउँदै आउनुभएका सम्पूर्ण शुभेच्छुकहरुमा हार्दिक आभार व्यक्त गरे ।

 देशभर रहेका १५१ वटा शाखा उपशाखामार्फत् जीवन बीमा सेवा प्रदान गरिरहेको यस कम्पनीले १४ वर्षको अवधिमा २०७८ फागुन मसान्तसम्ममा कुल ६ लाख ३४ हजार बीमालेख बिक्री गरी रु.३३ अर्ब ७५ करोड बीमाशुल्क संकलन गरेको छ । कम्पनीको जीवन बीमा कोष रु.३० अर्ब २४ करोड र कूल लगानी रु.३२ अर्ब ४३ करोड रहेको छ । 


Share this with your friends: